काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ पनि नेपाली कलाकारिता क्षेत्रमा अगाडी बढिरहेका कलाकार हुन् । बुवाको बाटोलाई नै पछ्याउँदै हाँस्यव्यंग्य विधामा लागेका उनी गीत गाउने, अभिनय गर्ने साथै कथा , पटकथा लेख्ने समेत गर्छन् ।

यमन श्रेष्ठ पढाइको सिलसिलामा अमेरिका गएका थिए । पढाइ पूरा गरेपछि पनि उनी उतै बसे र घर पनि बसाए । श्रीमती, करियर संगै अमेरिकामा खुशीका साथ रहिरहेका उनको जीवनमा छोरीको आगमनले त्यो खुशीलाई अझै बढाइदियो। तर, आफ्नो र श्रीमतीको राम्रो करियर तथा कमाई, छोरीको सुनिश्चित भविष्य र सबैजसो नेपालीको सपनाको देश अमेरिका छोडेर उनी नेपालमै बस्ने गरि फर्किए । नेपाल फ़र्किएपछि उनी कलाकारितामा व्यस्त भएका हुन् ।

मदनकृष्णकी श्रीमती अर्थात् यमनकी आमा यशोदा सुवेदीलाई क्यान्सर भएको थाहापाए पछि उनको उपचारको लागि विदेश लगियो । उनको निरन्तर उपचार चल्न थाल्यो । त्यसपछि मदनकृष्णले छोरा यमनलाई भने,’ तँलाई आमा ठूलो कि अमेरिका ?’। बुवाको यो वचन मनमा गढेपछि आफू नेपाल फर्किने निधो गरेको उनी बताउँछन् ।

यमन आफ्नो श्रीमती र छोरीप्रति धेरै आभार प्रकट गर्छन् । यमनका अनुसार, यदि श्रीमती र छोरीले अमेरिका नै बस्ने हठ गरेको भए, उनलाई नेपाल फर्किने निर्णय लिन र नेपालमा आएर कलाकारिता क्षेत्रमा लाग्न सजिलो हुने थिएन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments