काठमाडौं । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।

आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

निर्धारित समयभन्दा पहिला मौसम सक्रिय हुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ । समयमा मनसुन सक्रिय भएकाले असार लागेसँगै मुलुकभर रोपाइँ सुरु भएको हो ।

असार १५ भित्र साढे १२ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । रोपाइँले अहिले तीव्रता पाएको छ । कृषि विभागका महानिर्देशक सूर्य पौडेलले पछिल्लो तीन वर्षको अवधिमा यो वर्षको असार पहिलो साता उल्लेख्य परिमाणमा रोपाइँ भएको बताउनुभयाे ।

२०७२ को असार पहिलो साता देशभर सात दशमलव आठ प्रतिशत र २०७३ को यस अवधिमा नौ दशमलव १५ प्रतिशत रोपाइँ भएको थियो । २०७४ को असार पहिलो साता आठ दशमलव ८६ प्रतिशत हाराहारी रोपाइँ भएको विभागको अभिलेखले देखाउँछ । नेपालमा १५ लाख हेक्टरमा धान खेती गरिँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments