काठमाडौ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता अन्र्तगतको पहिलो चरण खेला सम्पन्न भएसंगै नकआउट चरण पुग्ने १६ वटै टिमको टुंगो लागेको छ ।

समूह जि को अन्तिम खेल बिहीबार राति सम्पन्न भएसँगै विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने टिमको छिनोफानो भएको हो ।
विश्वकप फुटबलको नकआउट चरणमा समूह ए बाट उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बन्दै प्रवेश गरेका छन् । त्यस्तै, समूह बि बाट स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह सि बाट फ्रान्स विजेता र डेनमार्क उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा समूह डि बाट भने क्रोएसिया विजेता र अर्जेटिना उपविजेता बन्दै विश्वकपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् । समूह इ बाट भने ब्राजिल विजेता र स्वीट्जरल्यान्ड उविजेता बनेको हो । समूह एफ बाट स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा विश्वविजेता जर्मनी भने समूह चरणबाटै बाहिरिन पुग्यो ।

समूह जि बाट बेल्जियम विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छने भने समूह एच बाट कोलम्बिया विजेता र जापान उपविजेता बन्न पुग्यो । विश्वकप फुटबलको प्रिक्वाटरफाइनलका खेल शनिबारदेखि सुरु हुदैछ । पहिलो प्रिक्वाटरफाइनल खेलमा अर्जेटिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । अर्जेटिना र फ्रान्सबीचको खेल शनिबार राति नेपाली समयअनुसार ७ः४५ बजे रसियाको कजान एरिनामा सुरु हुनेछ । विश्वकप फुटबलको अन्तिम १६ देखि यी दुई टिममध्ये एक बाहिरिने छ । त्यस्तै, शनिबार राति ११ः४५ मिनेटमा नै उरुग्वे र पोर्चुगलबीच प्रतिस्पर्धा हुने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments