काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक सबैभन्दा ठूलो २८० सिट क्षमताको वाइडबडी जहाज ल्याएको छ।

ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

फ्रान्सबाट ९ घण्टाको उडानपछि यो जहाज नेपाल आइपुगेको वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। उनका अनुसार यो वाइडबडी नेपालको आफ्नै सबैभन्दा ठूलो जहाज हो।

यो वाइडबडी जहाजमा ८ वटा बिजनेस क्लास र २ सय ७२ इकोनोमी क्लास सिट छन्।

निगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो जहाज आइपुगेको महाप्रबन्धक कंसाकारले बताए।

अब डेढ महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने उनले जानकारी दिए छ।

Comments

comments