काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीलाई ‘नयाँ राजा’ को संज्ञा दिएको छ ।

काँग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको दावी गर्नु भएको हो । उहाँले मन्त्रीहरुले कानुन मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिनु भयो ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानुन मन्त्री शेरबहादुर तामाङले कानुन मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै उनीहरुलाई नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराउनु भएको हो ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा खर्च कटौतिको प्रस्ताव पेश गर्दै नेता रिजालले गृहमन्त्री थापाले कानुन मिचेर ठेकेदारहरुलाई कार्वाही गर्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले मूल्य वृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments