काठमाडौं । फिफा विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत मंगलबार ‘समूह सी र डी’का खेलहरू हुँदैछन् । ‘समूह सी’का दुवै खेल बेलुका पौने ८ बजे र ‘समूह डी’का दुवै खेल राति पौने १२ बजे शुरु हुनेछ ।

‘समूह डी’बाट क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेको छ । बाँकी तीन टीम अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्डको भाग्य र भविष्यको फैसला आजको खेलबाट हुनेछ ।

साविकको उपविजेता अर्जेन्टिना नाइजेरियालाई पराजित गर्दै नकआउट चरणमा पुग्ने रणनीतिमा छ । तर अर्जेन्टिनालाई आफ्नो खेल जितेर मात्र पुग्दैन, अर्को खेलको नतिजामा पनि भर पर्नुपर्छ ।

क्रोएसियाले आइसल्याण्डलाई हराएमा अर्जेन्टिनालाई फाइदा हुनेछ । आइसल्याण्डले जितिहालेमा पनि अर्जेन्टिनाजत्तिकै वा त्यो भन्दा बढी गोल अन्तरले जित्नुहुँदैन । त्यसैले अर्जेन्टिनाको टिमलाई चिन्तासँगै विश्वभरका आफ्ना समर्थकहरुको ठूलो प्रेसर छ ।

Comments

comments