काठमाडौ । विश्वकप फुटबलमा इंग्ल्याण्डले पानामालाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।

पानामा विरुद्धको खेलमा तीन गोल गर्दै इंग्ल्याण्डका कप्तान केनले ह्याट्रिक गरेका छन । जारी विश्वकपमा यो दोस्रो ह्याट्रिक हो ।

स अघि पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गरेका थिए । दबाबमा परेको पानामा विरुद्ध इंग्ल्याण्डले पहिलो हाफ सकिँदा पाँच गोल गरेको थियो । खेलको आठौ मिनेटमा पहिलो गोल गरेका जे स्टोन्सको अग्रतालाई दोब्बर बनाउँदै टोलीका कप्तान केनले पेनाल्टी मार्फत गोल अन्तरलाई दोब्बर बनाएका थिए । दोस्रो हाफको खेलमा केनले अर्को गोल गर्दै गोल अन्तर ६–० पुरयाएका थिए ।

हारसँगै पानामा विश्वकप फुटबलबाट बाहिरिएको छ भने इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा कोलम्बियासँग पा्ल्याण्ड ३–० गोलले पराजित भएको छ ।पोल्यान्ड लगातार दुई खेलमा पराजित भएसँगै विश्वकप फुटबलको समूह चरणदेखि नै बाहिरिएको हो । खेलको ४० औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।

खेलको ७५ औं मिनेटमा जुआन चुआड्राडोले गोल गर्दै पोल्यान्डमाथि कोलम्बियालाई ३–० गोलको जित दिलाएका हुन् ।
पोल्यान्डमाथि शानदार जित हात पारेको कोलम्बियाको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहको छ । अब यो समूह एच बाट कोलम्बिया, जापान र सेनेगलमध्ये २ टिम विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछन् ।

समूह एचको खेलमा जापान र सेनेगलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।इकाटेरिनवर्ग एरिनामा एसियाली प्रतिस्पर्धी जापानले अफ्रिकी मुलुक सेनेगलविरुद्ध शानदार खेल प्रदर्शन गरेको थियो । दुई पटकसम्म अग्रता लिएर पनि सेनेगलले खेलमा जित हासिल गर्न सकेन ।
बराबरीपछि समूह एचका जापान र सेनेगलको ४–४ अंक भएको छ । दुवै टोलीले समूहको पहिलो खेलमा जित हासिल गरेका थिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments