काठमाडौं । केराको उपयोग गर्दा हामीले केराको बोक्रालाई फालिदिने गर्छौं । तर, जति केरा उपयोगी छ, त्यति नै केराको बोक्रा पनि उपयोगी छ । त्यसैले केरा फोकेर, केराको बोक्रालाई फाल्नु भन्दा यसको उपयोगिता थाहा पाएर त्यसलाई प्रयोगमा ल्याउनु राम्रो हुन्छ ।

आँखाको मुनी कालो दाग आउने समस्या धेरैलाई हुन्छ । दैनिक रुपमा केराको बोक्रा कालो भएको भागमा दल्ने हो भने कालोपन हटेर जान्छ । त्यस्तै पहेंलो दांतलाई सेतो बनाउनको लागि पनि केराको बोक्रालाई प्रयोग गर्न सकिन्छ ।

केरा पौष्टिकताको दृष्टिकोणले निकै उपयोगी हुन्छ । दिनहुँ केरा खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ भने यसलाई कपाल तथा छालामा लगाउनाले पनि सौन्दर्यातामा निखार आउँछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments