काठमाडाैँ । रुसमा जारी २१औ संस्करणको विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । पहिलो खेलमा समुह जि अन्तगर्तको इङल्याण्ड पानामाबिरुद्ध मैदान उत्रिदैछ । बेलुका ५ः ४५ बजे निजहनी नोभगोड रंगशालामा पानामालाई पराजित गर्दै इङल्याण्ड एक खेल बाँकी रहँदै नकआउट चरणमा पुग्ने रणनितीमा छ । पहिलो पटक रुस विश्वकपमा स्थान बनाएको पानामा पहिलो जितको खोजीमा छ । युवा खेलाडी सम्मिलित इङल्याण्डले पहिलो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो भने पानामा बेल्जियमसँग पराजित भएको थियो । आजको खेल इङ्ल्याण्डले जिते पानामा र ट्युनिसिया बाहिरिने छन् । पहिलो विश्वकपमा अपेक्षाकृत नजिता निकाल्ने प्रयासमा रहेको पानामा फिफा बरियतामा ५५औं स्थानमा छ भने पूर्व विश्वच्याम्पियन इङल्याण्ड १२औ स्थानमा छ ।

राती ८ः ४५ बजे समुह एचमा रहेको जापान र सेनगलबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा विजयी भएको जापान र सेनेगल दुबै टोली उच्च मनोबलका साथ एकतेरीनवर्ग रंगशालामा आमनेसामने हुँदैछन् । युरोपमा फुटबल खेल्ने अनुभवी खेलाडी रहेको जापान बिश्वकपमा लगातार सहभागिता जनाउँदै आएको छ भने सेनेगलको यो दोस्रो सहभागिता हो । फिफा वरियतामा २८औँ स्थानमा रहेको सेनेगल यसअघि, सन् २००२ को विश्वकपमा सहभागि भएको थियो ।

एसियाली पावर हाउस रुपमा हेरिएको जापान फिफा बरियताको ६१औ स्थानमा छ । आज अफ्रिकन मुलुक सेनेगललाई हराउन सकेमा जापान नकआउट चरण नजिक पुग्ने छ तर, पहिलो खेलमा युरोपको बलियो प्रत्यासी पोयाण्डलाई स्तब्ध बनाएको सेनेगल उत्कृष्ट फर्ममा छ । लिभरपुलबाट प्रशिक्षक साडियो माने प्रेरित सेनेगल विश्वकपका अप्रत्यासित नतिजा निकाल्ने रणनितीमा छ । समूह चरणको अंक तालिकाले दुवै टोलीको नकआउट चरण प्रवेशको सम्भावना बराबर देखाएकाले भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

राती पौने १२ बजे समूह एचअन्तगर्तको अर्को खेलमा पोल्याण्ड र कोलम्बिया भिड्दैछन । पहिलो खेलमा पराजित हुँदै अंक बिहिन यी दुई टोलीबीचको खेल कजना एरेनामा हुनेछ । अघिल्लो चरणको लागि गर या मरको अबस्थामा रहेको पोल्याण्ड पहिलो खेलमा सेनगलसंग पराजित भएको थियो भने कोलम्बियाले जापानसंग २–१ को हार ब्यहोरेको थियो । पहिलो पटक मैदानमा उत्रिन लागेका पोल्याण्ड र कोलम्बियाबीचको खेल अघिल्लो चरण प्रवेशका लागि महत्वपुर्ण रहेकाले रोमान्चक हुने अपेक्षा गरिएको छ ।

विश्वकपका सम्पूर्ण म्याचहरू लाइभ हेर्न यहाँ क्लिक गर्नुहाेस्

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments