मेलबर्न । अष्ट्रेलियामा आउने विद्यार्थीहरु आफ्नो पढाइ र कामलाई सुरु गरेतापनि भविष्यमा के गर्ने भन्ने कुराले अन्योलमा हुन्छन् । यसको लागि सुरुमै आफ्नो पढाइ र करियरको आधारलाई ध्यान दिनु जरुरी हुन्छ ।

कंचनपुर जिल्लाको महेन्द्रनगरका डिल्ली राज भट्ट सन् २००८ मा अष्ट्रेलिया आएका हुन् । अष्ट्रेलिया आएपछि उनी अटोमोटिभ इञ्जिनियरिङ्गमा सर्टिफिकेट लेभलमा भर्ना भए । आफ्नो सपना पूरा गर्नको लागि संसारको जुनसुकै ठाउँमा पुगेपनि संघर्ष गर्नैपर्छ । भट्टले अरु विद्यार्थीले जस्तै काम र पढाइको बीचमा दौडधुप गरे । तर, उनले अरु काममै अल्झिएर आफ्नो सपनालाई भुलेनन् । २००८ देखि नै उनले फिल्डमा काम गर्थे।

सर्टिफिकेट लेभल सकेपछि डिल्ली राज भट्टले अटोमोटिभ इञ्जिनियरिङ्गमै चार वर्षे डिप्लोमा कोर्स गरे । अब उनीसंग फिल्डमा काम गरेको अनुभव र पढाइको सर्टिफिकेट हातमा भयो जसले गर्दा उनलाई आफ्नै व्यवसाय गर्ने हौसला मिल्यो । अहिले उनले सनसाइन मोटरस रिपेयर्स एण्ड टायर्स नामक व्यवसाय संचालन गरिरहेका छन्। 

डिल्ली राज भट्ट भन्छन् ,’ विद्यार्थीले आफ्नो करियरमा सफल हुनको लागि कुनै एउटा लाइन समात्नुपर्छ । मैले अटोमोटिभ इञ्जिनियरिङ्ग क्षेत्र रोजें । इमान्दार भएर काम गर्नेहरुका लागि अष्ट्रेलियामा अटोमोटिभमा एकदमै राम्रो अवसर छ । पढाइमा आफूले रोजेकै विषय अन्तर्गतको व्यवसाय संचालन गरिरहेकोले म सन्तुष्ट छु र आम्दानीको हिसाबले पनि व्यवसाय सफल भइरहेको छ । र, त्यसमाथी आफ्नै समुदायलाई सहज र सुलभ तरिकाले सेवा दिन पाउँदा अझ खुशी लाग्छ’।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments