काठमाडौं । डाक्टर गोविन्द केसीले सरकारको गैह् प्रजातान्त्रिक कदम विरुद्ध आन्दोलन शसक्त पार्ने चेतावनी दिनुभएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सनिबार राजधानीको माईतीघर मण्डलामा गरिएको प्रर्दशनमा उहाँले प्रजातन्त्र विरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने बताउनुभएको हो । प्रजातन्त्रको मुख्य मर्म नै वाक र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उहाँले माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गर्नुभयो । उहाँले गैह् प्रजातान्त्रिक काम हुन नदिने पनि उद्घोष गर्नुभयो ।

समाजवाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र समाजवाद, साम्यवादी उन्मुख दलहरु भनिएपछि व्यवहारमा त्यसो नभएको उहाँको तर्क थियो । शिक्षा र स्वास्थयमा चरम व्यवसायीकरण भएको भन्दै त्यसमा नेताहरुकै संलग्नता रहेको आरोप पनि उहाँले लगाउनुभयो ।

डाक्टर केसीको नेतृत्वमा मण्डलामा भेला भएका उनका समर्थकहरुले बालकृष्ण ढुंगेलको माफी रद्द गर व्यक्ति हत्याको हत्या राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर , गंगामायाको माग पुरा गर अपराधीलाई गिरफ्तार गर, ग्ुणस्तरीय र निशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्ति गर भन्ने नारा लेखिएका प्ले कार्ड लिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments