काठमाडौं । इञ्जुरी टाइममा हिरोइक खेल प्रदर्शन गर्दै जारी विश्वकप अन्तर्गत शुक्रवार सम्पन्न खेलमा ब्राजिल विजयी बनेको छ ।

कोस्टारिकालाई २–० ले स्तब्ध पार्दै ब्राजिल विजयी बनेको हो ।

ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।

कोस्टारिका स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा थियो जसमा अन्तिम समयमा गोल खाएर विफल हुन पुग्यो । यससँगै पहिलो खेलमा सर्बियासँग हारेको कोस्टारिका स्तब्ध बनेको छ ।

ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् ।

खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो । कोस्टारिकाले केही राम्रा मुभ बनाए पनि एउटै राम्रो सट प्रहार गर्न भने सकेन ।

Comments

comments