दक्षिण कोरियाको इन्चोनमा जारी एसियाड टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले उत्कृष्ट सुरुवाती प्रदर्शन गरेको छ ।

आज भएको खेलमा कुवेतलाई नेपालले ९ विकेटले पराजित गरेको छ । २१ रनको लक्ष्य पछयाउँदै जवाफि व्याटिङमा उत्रीएको नेपालले २ ओभर ५ बल खेलेर १ विकेट गुमाउँदै आफ्नो लक्ष्य भेट्यो । नेपाललाई जिताउन सुवास खकुरेलले नटआउट ७ रन जोडे भने विनोद भण्डारीले ५ रन जोडे । सागर पुन भने ९ रन बनाउँदै आउट भएका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको कुवेत नेपाली बलरको धारिलो बलिङ सामु धेरै टिक्न सकेन । कमजोर प्रर्दशन गरेको कुवेत  १३ ओभर २ बलमा जम्मा २० रन बनाएर अल आउट भयो ।

नेपालका लागि कसिलो बलिङ गर्दै सोमपाल कामीले ४ ओभर खेलेर दुई मेडन राख्दै ३ विकेट लिए भने जम्मा ४ रन मात्रै दिए । बसन्त रेग्मीले पनि उत्कृष्ट बलिङ गर्दै १ ओभर २ बल खेल्दै १ रन मात्रै दिएर ३ विकेट लिए । त्यस्तै मेहवुव आलमले २ ओभर खेल्दै एक मेडन राखेर ३ रन दिए । शक्ति गौचनले ३ ओभर खेल्दै एक मेडन राखेर २ रन मात्रै दिए । ३ ओभर खेलेका सागर पुनले २ विकेट लिएर ७ रन मात्रै दिए । कुवेतका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

Comments

comments