काठमाडौं । नेपाली खानामा मिठाई पनि महत्वपूर्ण मानिन्छ । कुनै अवसर वा विशेष दिन र स्वस्थ मिठाईको लागि समेत रसबरी र गुलाब जामुन धेरै नेपालीको रोजाईमा पर्ने गर्छ । बाहिरबाट किनेका मिठाईहरु बासी र अस्वस्थ हुने सम्भावना बढी हुने हुनाले यी मिठाई आफैले घरमा पनि बनाउन सकिन्छ ।

यसरि बनाउन सकिन्छ गुलाब जामुन :

सामग्री :

मिल्क पाउडर, बेकिंग पाउडर

दुध, नौनी, मैदा, सुकमेलको धूलो

चिनी, कागतीको रस, तेल

विधी :

पहिले चिनी पानी तयार गर्ने । चिनी पानीमा उमालेर, त्यसमा सकुमेलको धुलो राख्ने ।

चिनी पानी जम्न नदिनको लागि कागती पानी राख्नुहोस् ।

एउटा भाँडोमा मिल्क पाउडर, बेकिंग पाउडर र मैदा राख्ने ।

त्यसमा नौनी राखेर फेरी मुछ्ने । मुछेर डल्लो बनाउने ।

अब त्यो डल्लोबाट सानो-सानो डल्लो बनाउने ।

ती सबै डल्लालाई तेलमा फ्राई गर्ने ।

फ्राई गरेको गुलाब जामुनलाई चिनी पानीमा डुबाउने।

Comments

comments