काठमाडौं । वास्तुशास्त्र अनुसार घर भित्र मौरी , अरिंगाल हुनु अशुभ मानिन्छ । यसले गर्दा घरका युवा सदस्य अगाडी बढ्न सक्दैनन् । त्यसैले मौरीको घारलाई पनि घरभन्दा बाहिरको उचित स्थानमा राख्नु राम्रो मानिन्छ ।

चराहरु सुन्दर लाग्छन् । चराका बचेराहरु गुँडमा बसेको र भुर्र भुर्र उडेको पनि राम्रो लाग्छ । तर घरभित्र चराले गुँड लगाउनु भने अशुभ मानिन्छ । त्यसैले यदि घरभित्र चराले गुँड लगायो भने सुरक्षित तरिकाले त्यसलाई बाहिर कतै सारिदिनुपर्छ ।

माकुराले घरमा जालो लगाउनुले धनसम्पत्तिमा ह्रास आउने बुझिने हुनाले माकुराको जालो देख्नासाथ पन्छाउनु पर्छ । त्यस्तै घरमा चमेरोले वास गर्नु भनेको घरमा अशान्ती र दुखका दिन भोग्नुछ भन्ने संकेत हो ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

Please follow and like us:

Comments