कञ्चनपुर । बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले केराका बिरुवाबाट प्रशस्त आम्दानी गर्नु भएको छ । उहाँले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी गर्नु भएको हो ।

नर्सरीमा तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी १० लाख रुपैयाँ आम्दानी गर्नुभएको छ । उहाँले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गर्नुभयो । ६ वर्षदेखि टिस्युकल्चर गरिएका केराका बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै आउनुभएको छ ।

नर्सरीमै आएर किसानले बिरुवा खरिद गर्ने गरेका छन् । नर्सरीबाट प्रति बिरुवा ४० रुपैयाँ का दरले बिक्री हुँदै आएको छ । नगरपालिकाको कृषि शाखाले केराको नर्सरीका लागि टनेल निर्माण गर्न ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको कृषि शाखाका प्राविधिक हरिश सेटीले बताउनुभयो ।

शाखाको ४० हजार रुपैयाँ तथा किसानको ४३ हजार रुपैयाँ लागतमा बिरुवा तयार गर्न टनेल निर्माण गरिएको हो । बिरुवा उत्पादन गर्न कृषि शाखाले रानालाई प्राविधिक सल्लाह दिँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments