काठमाडाैँ । प्रधानमन्त्री ओलीको उपस्थितिमा दूतावासमा चीन र नेपालका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्न समझदारीपत्रमा सम्झौता भएको छ।

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सु काङले हस्ताक्षर गरेका छन्। यो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ। परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्ने बताइएको छ।

पूर्वी तराईको सिँचाई प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाई परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ तोङछ्वानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यसैगरी फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो परियोजनामा ४६ मिलियन डलर लगानी हुने कार्यक्रममा जानकारी गराइयो। १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्ने विषयमा सम्झौता भएको छ। त्यसैगरी ४०.२७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाली पस्मिनालाई चिनियाँ बजार विस्तार गर्न दुई लाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो सम्झौतामा दुर्गा विक्रम थापा र चिनियाँ अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु याले हस्ताक्षर गरेका छन्।

यसैगरी कूल ६०० मेगावाट क्षमताको मस्र्याङ्दी क्यास्केड जलविद्युत परियोजना निर्माणका लागि फ्रेमवर्क एग्रिमेन्ट भएको छ। बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङ चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच सम्झौता भएको हो। ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र तोङफाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीबीच सम्झौता भएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments