काठमाडौं । यसबर्षको एसईई परीक्षाको नतिजा पाँच दिनपछि मात्रै सार्वजनिक हुने भएको छ । बुधबार(आज) साँझ ५ बजे प्रकाशित हुने भनिएको एसईई परीक्षाको नतिजा पाँच दिनपछि मात्रै सार्वजनिक हुने परिक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपुरका परिक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

कुराकानीमा उहाँले यसअघि आएका हल्ला, समाचार निराधार भएको र परिक्षा नियन्त्रण कार्यालयले कुनै किसिमको विज्ञप्ति ननिकालेको स्पष्ट पार्नुभएको जनता समाचारले उल्लेख गरेको छ ।

चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments