काठमाडौ । सलमान खान स्टारर चलचित्र रेस ३ ले ३ दिन मै १०६.४७ करोड भारु कमाइ गरेको छ।

३ दिनमा १०० करोडको क्लबमा स्थान जमाउने सलमानको यो चौथो चलचित्र हो। रेस ३ भन्दा अगाडी बजरंगी भाइजान,सुल्तान,टाईगर जिन्दा हैु चलचित्रहरुले पनि ३ दिन मै १०० करोड रुपैंया कमाई गरेको थियो।

फिल्म समिक्षकहरुले रेस ३ को बारेमा खराब समिक्षा गरिरहदा रेस ३ ले भने बक्स अफिसमा धमाकेदार ब्यापार गर्न सफल भएको छ।रिलिज को पहिलो दिनमा २९.१७ करोड,दोश्रो दिनमा . ३८.१४ र तेश्रो दिन ३९.१६ करोड कमाई गरेको छ। बक्स अफिसको यो रेकर्ड तोड ब्यापारको अनुपात हेर्दा रेस ३ चाँडै नै बल्कबस्टर चलचित्रमा दरिने फिल्म पंडीतहरुको धारणा रहेको छ।

मुस्लिमहरु को महान पर्ब इदको अवसरमा रिलिज गरिएको यो चलचित्र अझै १ हप्ता सम्म चल्ने अनुमान गरिएको छ।

किन कि यो बिचमा कुनै ठुलो बजेटको चलचित्र रिलिज हुने छैन तर बलिउडका अर्का सुपर स्टार सन्जय दतको जिबनीमा आधारित रनबिर कपुर अभिनित सन्जुुले भने ठुलो असर पार्ने सम्भावना रहेको छ।

एक्सन प्रधान चलचित्र रेस ३ मा सलमान खान सँगै अनिल कपुर,बबी देवल,ज्याक्लिन फर्नान्डेज,डेजी शाह, फ्रेडी दारुवाला र शाकिब शलिम मुख्य भुमिकामा रहेका छन् । सन २००८ र सन २०१२ मा रिलिज भएको शैफ अलि खान स्टारर रेस र रेस २ को यो सिक्वेल चलचित्र हो।

रमेश तौरानी र सलमान खानको लागानी रहेको रेस ३ लाई कोरियोग्राफर रेमो डिसौजाले निर्देशन गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments