काठमाडौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो ।

यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने तयारी पनिकाले जनाएको छ । प्राविधिक धार अन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

पनिकाले यो वर्ष आइभीआर, एसएमएस र वेवसाइटमार्फत परीक्षाफल हेर्ने व्यवस्था गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments