काठमाडौँ । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तरगत उपाधि विजेता मानिएको ब्राजिललाई स्विटजरल्यान्डले बराबरीमा रोकेको छ ।

रोस्तोभ एरिनामा भएको समूह ई को खेलमा स्विटजरल्यान्डले बहादुरी देखाउँदै ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।अाजकाे अन्नपुर्ण दैनिकमा खबर छ ।

विश्वका चर्चित क्लबहरुबाट खेल्ने स्टार खेलाडीले भरिएको ब्राजिललाई कडा चुनौती दिँदै स्विटजरल्यान्डले बराबरीमा रोकेर अंक खोस्न सफल भएको हो ।

यद्यपि यो खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा डी एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।

काउन्टर एट्याकका क्रममा स्विटजरल्यान्डको डी बक्सबाट बाहिरिएको बललाई उनले सीधै जालीको दिशा देखाएका थिए ।

पहिलो हाफमा १–० मा टुंगिएको अवस्थामा स्विटजरल्यान्डले दोस्रो हाफमा खेललाई बराबरीमा फर्कायो । उसका लाािग खेलको ५० औँ मिनेटमा स्टेभन जुबेरले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

ब्राजिलका लागि कोटिन्हो र नेइमारले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् । कमजोर मानिएको ब्राजिल बराबरीमा रोकिएपछि उपाधि दाबेदार मानिएका टिमहरुको विश्वकप यात्रा सुस्त भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments