काठमाडौं । चर्चित भारतीय टेलिभिजन डान्स रियालिटी शो डिआइडिकी बिजेता तेरिया मगरले फिल्मी क्षेत्रमा डेब्यु गर्ने भएकीछिन् ।

हाल भारतको मुम्बईमा बस्दै आएकी तेरियाले नेपाली फिल्ममार्फत फिल्मी दुनियाँमा डेब्यू गर्न लागेकी हुन् ।

उनी अर्को डान्स रियालिटी शो “झलक दिखलाजा ९” को समेत बिजेता हुन् । देश तथा बिदेशका कार्यक्रमहरुमा निकै व्यस्त हुँदै आएकी तेरियालाई निर्माता म्याक टेन कालुले आफ्नो निर्माणाधीन फिल्मकालागि अनुबन्धित गरेका हुन् । उनले यसअघि पटुकी नामक फिल्मको निर्माण गरेका थिए ।

हालसम्म नाम तय नभएको उक्त फिल्ममा तेरियाले कालुका छोरा बिर्जन मिजारसंग स्क्रिन सेयर गर्ने भएकीछिन् । फिल्ममा तेरिया र बिर्जनसंगै म्याक टेन कालु, रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहनेछ । भारतमा समेत निकै राम्रो फ्यानफलोईङ भएकी तेरियालाई बलिउड फिल्मबाट पनि अफरहरु आईरहेको चर्चा छ ।

 

Comments

comments