काठमाडौं । संसारभरका फास्ट फुड मध्ये फ्रेन्च फ़्राइज सबैभन्दा लोकप्रिय परिकार हो । आलुबाट बन्ने यो फ्रेन्च फ्रिज बच्चा देखि वृद्ध सम्मलाई खानको लागि उपयुक्त हुन्छ । फ्रेन्च फ़्राइजलाई सजिलो तरिकाले घरमा नै बनाउन सकिन्छ ।

आवश्यक सामग्री :

आलु, तेल, चिनी, मह

बनाउने विधि :

आलुलाई राम्रोसंग खुर्किनुहोस् र लाम्चो आकारमा काट्नुहोस् । काटिएको आलुलाई पांच मिनेटसम्म चिसो पानीमा राख्नुहोस् ।

एउटा भाँडोमा तातो पानी राख्ने र त्यसमा चिनी र मह घोल्नुहोस् । उक्त तातो पानीमा १५ मिनेट काटेको आलु राख्नुहोस्। 

त्यसपछि आलुलाई निकालेर सुक्खा बनाउनुहोस् ।

एउटा भाँडोमा तेल तताउनुहोस् । सुरुमा थोरै बेर मात्र फ्राई गर्नुहोस् ।

एकछिन चिसो बनाउनुहोस् । त्यसपछि दोस्रो पटक फ्राई गर्नुहोस् ।

Comments

comments