एसियाडमा शनिबार हुने खेलमा सहभगी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलि कोरिया पुगेको छ | कोरियाको इन्छनमा आयोजना भैरहेको एसियाडमा आज  नेपाली राष्ट्रिय क्रिकेट टिम  कुवेत सँग भिड्दै छ |

कोरियाका लागि उडान भर्न लागेको ड्रयागन एअरको बिमाननै बिग्रिए पछि अन्योलमा रहेको नेपाली क्रिकेट टोलि अनेक झन्झट झेल्दै अर्कै बिमानमा कोरिया पुगेका हुन् | बुधबार र बिहीबार मध्यराति ३ बजेसम्म विमानस्थलमा विमान कुरेर बसेका उनीहरु खेल छुट्ने शुक्रबार मात्रै कोरियाका लागि उड्ने अवसर पाएका हुन् | कोरिया ओर्लने बित्तिकै मैदानमा तयार हुनु पर्ने भए पछि नेपाली राष्ट्रिय टिम माथि चुनौती  थपिएको छ |

बंगलादेशमा सम्पन्न विश्वकपको सहभागी टिम नेपाललाई पदकको दावेदार टिमका रुपमा हेरिएको छ | 

कोरियामा जारी यसबर्षको एसियाडमा नेपालले अहिले सम्म कुनै पनि पदक हासिल गर्न नसकेको स्थिती छ |

Comments