एजेन्सी । तपाईं सामाजिक सञ्जालमा कति सक्रिय हुनुहुन्छ ? दैनिक फोटो अपलोड गर्नुहुन्छ कि हुन्न ? सामाजिक सञ्जालमा तपाईंले अपलोड गर्ने फोटाहरु कस्ता हुन्छन् ?
अब सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा ध्यान पुर्‍याउनुभएन भने तपाईंको जागिर गुम्न सक्छ ।

यस्तै समस्याको सिकार बनेकी छन् रुसकी विक्टोरिया पोपोवा । २६ वर्षकी उनी शिक्षिका हुन् । तर, सामाजिक सञ्जाल इन्स्टाग्राम एउटा फोटो राख्दा उनको जागिर नै चट भएको छ ।

उनले स्वीमिङ ड्रेस लगाएको फोटो अपलोड गर्दा विद्यालय र शिक्षण पेसालाई नै अपमानित गरेको भन्दै जागिरबाट निकालेको विद्यालय प्रशासनले जनाएको छ । उनलाई विद्यालय निकालिएको विरोधमा सामाजिक सञ्जाल प्रयोगकर्ता भने एकजुट भएका छन् ।

तीन हजारबढीले स्वीमिङ सुटसहितको फोटो अपलोड गर्दै विक्टोरियाको बर्खास्तीको विरोधमा #teachersarepeopletoo (शिक्षक पनि मानिस) हो भन्ने ह्याजट्याग प्रयोग गरेका छन् ।

Comments

comments