काठमाडौं । अष्ट्रेलिया सरकारले पीआरको लागि अब ‘अंग्रेजी बोलचाल ‘ परिक्षा नियम ल्याउने तयारि गरेको छ । यो परिक्षा मौखिक हुने बताइएको छ ।

एसबिएस न्युजले नागरिकता मन्त्री एलन टजले उक्त कुराको खुलासा गरेको बताएको छ । एसबिएस न्युजसंगको कुराकानीमा मन्त्री एलन टजले भनेका छन् ,’ अष्ट्रेलियामा रहेका व्यक्ति मध्ये १० लाख जना अंग्रेजी भाषा बोल्न नसक्ने पाइएको छ । यसले समाज तथा देशलाई त असर गर्छ नै, उनीहरु स्वयंलाई पनि असर गर्छ । त्यसैले पीआरको लागि अंग्रेजी बोलचाल सम्बन्धि मौखिक परिक्षा नियम ल्याउने धारणा बनाइएको हो ‘ ।

मन्त्री टजका अनुसार अष्ट्रेलियामा अंग्रेजी भाषालाई प्रयोग गरिने हुँदा अंग्रेजी भाषा बोल्न नसक्ने व्यक्तिहरुलाई काम खोज्न , समाजमा घुलमिल हुन, देशको नियम-कानुन बुझ्न मुस्किल पर्छ । त्यसले स्वयं व्यक्ति, समाज तथा देशलाई असर गर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments