काठमाडौँ । विश्वकप फुटबलको २१ औं संस्करणकाे उद्घाटन खेलमा फिफा वरियतामा अाफूभन्दा माथि रहेको साउदी अरेबियाविरुद्ध ५-० को जित निकाल्दै रसियाले सानदार सुरुवात गरेको छ। बिहीबार राति रसियाको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच शुरू भएकाे उद्घाटन खेलमा अायाेजक रसियाले फराकिलाे जित निकालेकाे हाे ।

रसियाका लागि परिवर्तित खेलाडीहरु डेनिस च्यारिसेभले २ तथा अार्टिम मार्टिनले १ गोल गरेभने युरी गोजिन्सी र एलाक्सडर गोलोभिनले थप गोल गरे। रसियाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। रसियाका लागि युरी गोजिन्सी र डेनिस च्यारिसेभले दुर्इ गोल गरेका हुन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments