काठमाडौं । नेपालीहरुको लागि म:म सबैभन्दा प्रिय परिकार मध्येमा पर्छ । नेपाली म:म को विशेषता, त्यससंगै खाइने अचार हो । अचार स्वादिष्ट बनाउन सकियो भने म:म खानुको मज्जा नै बेग्लै हुन्छ ।

यसरि बनाउन सकिन्छ म:म को स्वादिष्ट अचार

सामग्री :

भटमास, तिल, धनियाँ, पुदिना, हरियो खुर्सानी

काटेर राखेको टमाटर, तेल, नुन, बेसार, खुर्सानीको धुलो

कागतीको रस, जिरा, अदुवा लसुनको पेस्ट

 

विधि :

भटमासलाई भुट्ने ।

भटमास भुटेर अर्को भाँडोमा राखेपछि तिल भुट्ने ।

भुटेको तिल र भटमासलाई मिक्सरमा पिस्ने ।

भाँडोमा तेल तताउने ।

तेल तातेपछि त्यसमा हरियो खुर्सानी, जिरा, लसुन-अदुवाको पेस्ट राखेर चलाउने ।

त्यसपछि बेसार र टमाटर राखेर चलाउने ।

अब त्यसमा नुन र खुर्सानी राखेर चलाउने र केहि मिनेट छोपेर पकाउने ।

त्यसपछि त्यसमा कागतीको रस, धनियाँ, पुदिना राखेर मिक्स गर्ने ।

अब त्यसलाई तिल र भटमास संग मिसाउने ।

त्यसपछि मिक्सरमा राखेर तातो पानी राखी मिक्स गर्ने ।

भिडियो :

Comments

comments