मेलबर्न । अष्ट्रेलियाका प्रसिद्ध युनिभर्सिटी मध्ये आरएमआइटि युनिभर्सिटी पनि एक हो । आरएमआइटिको पूरा रुप रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी हो । मेलबर्नमा रहेको यो युनिभर्सिटी पब्लिक रिसर्च युनिभर्सिटी अन्तर्गत पर्दछ ।

यस युनिभर्सिटीमा आइ टि, फेशन डिजाइनिंग, इञ्जिनियरिङ्ग, बिजनेस, आर्किटेक्चर , हेल्थ साइन्स, बायोमेडिकल साइन्स, फाइन आर्ट, फोटोग्राफी, कम्युनिकेशन आदि विषय पढाइ हुन्छन् । त्यस्तै , पीएचडि र रिसर्चको लागि यो युनिभर्सिटी उपयुक्त मानिन्छ ।

आरएमआइटिमा भोकेशनल र अनलाइन पढाइ समेत हुन्छ । क्युएस वल्ड युनिभर्सिटी र्यान्किंग अनुसार, यो युनिभर्सिटी विश्वका फाइभ स्टार युनिभर्सिटीमा पर्छ ।

आरएमआइटि युनिभर्सिटीमा विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्तिको पनि व्यवस्था रहेको छ । विद्यार्थीले पढ्ने विषय, विद्यार्थीको देश, उसको पृष्ठभूमी, प्रस्तुती आदिको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ ।

यस युनिभर्सिटीले विद्यार्थीलाई प्रोफेशनल सीप सिकाउने तथा काम खोज्नको लागि सहयोग गर्ने गर्छ । यो युनिभर्सिटीमा सार्वजनिक यातायातमै सहज तरिकाले पुग्न सकिन्छ ।

युनिभर्सिटीक कलेज, लिने शुल्क, दिने सुविधा तथा अरु विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments