संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिुङटार मा रहेको अरुण तेस्रोको कार्यालयमा बम बिस्फोट भएको छ । अाज बिहान पाउने १ बजे तीन वटा सकेट बम विस्फोट भएको संखुवासभा प्रहरीले जनाएको छ ।

कार्यालयको उत्तर पूर्वी गेट भन्दा करिब २ सय मिटरको आसपासमा सकेट बम बिस्फोट भएको हो । बिस्फोट बाट कुनै मानविय क्षति नभएको प्रहरीको भनाइ छ । विस्फोटको जिम्मा कसैले हाल सम्म कसैले लिएको छैन। विस्फोटपछि त्यस क्षेत्रको सुरक्षाा कडा पारिएको छ।

स्थानीय होटलहरुमा सर्च सुरु गरिएको र भोजपुर र संखुवासभाको बिभिन्न नाकामा ब्यापक प्रहरी परिचालन गरिएको संखुवासभाका प्रहरी प्रमुख डीएपी श्याम सारु मगरले जानकरी दिए । यस परियोजना क्षेत्रमा पटक पटक विस्फोट हुँदै आएको छ।

यसअघि बैशाख १८ मा पनि विस्फोट गराइएको थियो। राष्ट्रघाती सम्झौताको खारेजी र स्थानिय जनताको समेत सेयर लगानी गर्ने पाउनु पर्ने माग विप्लवको थियो । उक्त घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले जिम्मा लिएको थियो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments