मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपालीहरुले महिला हिँसाको विरुद्ध र मानसिक स्वास्थ्यको लागि अहिले देशभर अभियान चलाइरहेका छन् । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले उक्त अभियान अन्तर्गत ‘वक फर वेलफेयर’ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम देशका विभिन्न राज्यमा फरक-फरक दिनमा हुँदै आएको छ ।

नेपाली समुदायमा विशेष गरि अष्ट्रेलिया आएका नयाँ नेपाली महिलाहरु हिंसाको सिकार भएका छन् भने अरु महिलाहरुले पनि शारीरिक तथा मानसिक हिंसा सहँदै आएका छन् । यसलाई निर्मुल पारेर नेपाली समुदायमा समानता, सद्भाव, समृद्धि ल्याउनको लागि कार्यक्रम आयोजना गरिएको हो । यही उद्देश्य अनुरुप ‘वक फर वेलफेयर’ को मूख्य नारामा ‘ पुरुष र महिलाको अधारमा होइन, सक्षमताको आधारमा तिमी हेरिन्छौ ‘ भन्ने भाव राखिएको छ ।

अष्ट्रेलियाका विभिन्न राज्यमा हुँदै आएको वक फर वेलफेयर कार्यक्रम भिक्टोरिया राज्यमा आगामी जुन २४ मा हुनेभएको छ । यस कार्य्रक्रममा जुनसुकै उमेर, लिङ्ग, वर्गका व्यक्तिले पनि सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा सहभागिताको लागि टिकेट शुल्क निर्धारण गरिएको छ। कार्यक्रमबाट संकलन भएको रकम सामाजिक काममा जाने आयोजक संघले उल्लेख गरेको छ ।

भिक्टोरियामा हुने वक फर वेलफेयर कार्यक्रम बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म Princes Park 200 – 590 Royal Parade, Carlton North VIC 3054 मा हुनेछ ।

Comments

comments