काठमाडाैँ । राजनीतिक विश्लेषक खगेन्द्र संग्राैलाले अाेली सरकारकाे कामप्रति तीब्र असन्तुष्टी ब्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी अाेलीले पहिलाे पटक प्रधानमन्त्री हुँदा नै देशलार्इ तुइन मुक्त बनाउने घाेषणा गरेकाे तर अहिले तीन वर्ष बितिसक्दा समेत जनता तुइनमा झुण्डिएर जाेखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहकाे भन्दै संग्राैलाले प्रधानमन्त्री अाेलीप्रति अाक्राेश ब्यक्त गरेका हुन् ।

माइक्राे ब्लगिङ साइट ट्वीटर मार्फत साेमबार उनले प्रधानमन्त्रीलार्इ पानी जहाज र रेलकाे कुरा छाेडेर तुइनकाे मृत्युमुखी खतराबाट जनतालार्इ मुक्त गर्न सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘श्रीमान् अाेलीले अघिल्लाेपटक प्रम बनेकाे दिन दुई वर्षमा जनतालाई तुइनमुक्त गर्छु भन्याथे, तीन वर्ष बित्दा अाेलीकाे बतासे बाचा गाेरखाकाे याे तुइनकाे हत्तेमा देखियाे। अाे अाेली ब्राे, रेल र पानीजहाजकाे हावा गफ अलि दिन थाती राखेर पहिले जनतालाई तुइनकाे याे मृत्युमुखी खतराबाट त मुक्त गर !’

Khagendra Sangroula@belakoboli

श्रीमान् अाेलीले अघिल्लाेपटक प्रम बनेकाे दिन दुई वर्षमा जनतालाई तुइनमुक्त गर्छु भन्याथे,तीन वर्ष बित्दा अाेलीकाे बतासे बाचा गाेरखाकाे याे तुइनकाे हत्तेमा देखियाे। अाे अाेली ब्राे,रेल र पानीजहाजकाे हावा गफ अलि दिन थाती राखेर पहिले जनतालाई तुइनकाे याे मृत्युमुखी खतराबाट त मुक्त गर!

पानी जहाज र रेल ल्याउने कुरा हावा गफ मात्रै भएकाे समेत उनले तर्क गरेका छन् ।

प्रधानमन्त्री अाेलीकाे याे दाेस्राे कार्यकाल हाे । पहिलाे पटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्काे पहिलाे बैठले दुर्इ वर्षभित्र देशलार्इ तुइन मुक्त गर्ने निर्णय गरेकाे थियाे । तर दाेस्राे पटक प्रधानमन्त्री बनिसक्दा समेत अाेली सरकारकाे याे बाचा पूरा भएकाे छैन । धादिङ, गाेरखा लगाएका केही स्थानमा अझै पनि तुइनमा झुण्डिएर जाेखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रधानमन्त्री अाेलीले भने हरेक जसाे सार्वजनिक भाषणहरूमा नेपालकाे अाफ्नै पानी जहाज चलाउने र पूर्वपश्चिम रेल कुदाउने सपना बाड्दै अाउनु भएकाे छ । प्रधानमन्त्रीकाे यही कुरालार्इ बिपक्षीहरूले हावा गफ गरेकाे भन्दै चर्काे अालाेचना गर्दै अाएका छन् । हालै मात्र सरकारले रेल किन्न ऋण खाेज्दै गरेकाे बिभिन्न सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भएकाे थियाे ।

Comments

comments