काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो पुस्ताले आफ्नो बलियो उपस्थिति जनाइरहेका छन् । पछिल्लो पुस्ताका अभिनेत्री मध्येकी आंचल शर्मा लोकप्रियता कमाइरहेकी अभिनेत्री हुन् ।

आंचल शर्मा जति आफ्नो कलाकारितामा स्थापित हुन परिपक्क गर्ने कोसिस गर्दैछिन्, त्यति नै पैसा मामिलामा पनि पक्का छिन् । उनलाई आफूले कमाएको पैसा बचत गर्नुपर्छ या उत्पादनशील काममा लगाउनुपर्छ भन्ने लाग्छ ।

त्यसैले उनले आफ्नो लागि महंगा कपडाहरु पनि किन्दिनन् । आंचलका अनुसार, उनले इभेन्टहरुको लागि लगाएका ड्रेस डिजाइनरद्वारा स्पोन्सर गरिएका हुन्छन् । मेकअप समेत उनले आफैले साधारण मेकअप गर्ने गरेको बताउँछिन् ।

आंचलले अहिले आफू कुनै पनि फिल्मको काममा नरहेको बताएकी छिन् । आंचलका अनुसार, उनले थुप्रै स्किप्टहरु पढेकी छिन्, तर चित्त बुझ्दो र उनलाई सुहाउने खालको स्क्रिप्ट भेटेकी छैनिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments