काठमाडौं । असारको पहिलो साता काठमाडौंमा सूचना तथा संचार प्रविधि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघले ३ र ४ गते सम्मेलन आयोजना गरेको हो ।

देशका विभिन्न भागमा स्मार्ट सिटी बनाउने सरकारको परिकल्पनालाई आवश्यक सुझाव दिने उद्देश्यले सूचना र प्रविधि सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महासंघका महासचिव रञ्जित पोदारले जानकारी दिनुभयो ।

दुर्इ दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका विषयगत विज्ञहरु सहभागी हुनेछन । सम्मेलन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments