काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघको काठमाडौंस्थित् राजनीतिक मामिला विभागलाई (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ ।

सरकार र तत्कालीन माओवादीबीच २०६३ मा शान्ति सम्झौतापश्चात् शान्ति प्रक्रियामा सघाउन स्थापित संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को कार्यावधि सकिएपछि राजनीतिक मामिला विभाग सरकारको सहमतिबिनै सञ्चालित थियो ।

सरकारले, नेपालको सार्वभौमसत्ता विरोधी कार्यक्रम सञ्चालन गरेको आरोप लगाएको छ । नेपालस्थित राष्ट्र संघको राजनीतिक मामिला विभाग बन्द गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ र यसबारे राष्ट्र संघको कार्यालयलाई पनि पत्र पठाइएको छ । त्यसैगरी राष्ट्र संघको संयुक्त विकास ढाँचा (यूएनडीएफ) कार्यक्रम पनि सरकार मातहत ल्याउने प्रयास अधि सारेको छ ।

परराष्ट्र मन्त्रालयका पूर्वसचिव मदन भट्टराईले द्वन्द्वको रूपान्तरण गरी शान्ति स्थापना गर्न राष्ट्र संघीय मिसन स्थापना भएकोमा सार्थकता सकिएपछि कार्यक्रम चलाइ राख्नुको कुनै औचित्य नभएको बताए ।

‘देशमा संविधान जारीसँगै भएको तीन तहको निर्वाचनपछि राष्ट्र संघले शान्ति स्थापना गर्न लियाजन अफिसका रूपमा स्थापित डीपीएको उपादेयता पनि सकिएकाले बन्द गर्ने निर्णय भएको हो बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments