काठमाडौं । बलिवुड अभिनेता बबी देवलले आफ्नो करियरमा लागेको ब्रेक सम्झेर अन्तर्वार्तामै भावुक बनेका छन् । उनले आफ्नो आँखाबाट आँशु रोक्न नसकेपछि केही छिनको लागि अन्तर्वार्ता नै रोक्न आग्रह गरेका थिए ।

बबी देवलका अनुसार, केही वर्ष उनले फिल्ममा काम नै पाउन सकेनन्। उनी निराश थिए । श्रीमती र आफ्ना सन्तानका अगाडी उनले लज्जाबोध गर्ने गर्थे । उनी दिनप्रतिदिन मोटाउँदै गएका थिए, किनकी फिटनेसमा उनले ध्यान दिन नै छोडेका थिए । तर उनका श्रीमती र सन्तानले भने सधै उनलाई हौसला दिने गर्थे ।

उनलाई राम्रोसंग चिनेका सलमान खानले एकदिन फोन गरेर भने , ‘ फिल्ममा सर्ट खोल्न तयार छस् ?’ त्यसपछि बबीले फिटनेस तिर ध्यान दिन थाले र ज्यान बनाए। त्यसपछि उनी सलमानसंगै रेस ३ मा देखिने पक्का भयो । रेस ३ पछि उनलाई अरु फिल्मबाट पनि अफर आउन थाल्यो र उनी यसै वर्ष हाउसफुलको सिक्वेल फिल्म लगायत अरु फिल्ममा पनि देखिने भएका छन्  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments