काठमाडौं । अभिनेता अनमोल के.सीले हालै आफ्नो सामाजिक संजालको भित्तोमा एक समाचारको लिंक सेयर गरेका छन् । उक्त समाचार सेयर गर्दै उनले लेखेका छन्  ‘ टिकट टु बलिवुड ‘ । नेपाली संचार माध्यममा पनि केहि दिन अगाडी अनमोल के.सीले एक बलिवुड चलचित्रमा काम गर्ने पक्का भएको खबर छाएको थियो ।

अनमोल के.सीले सेयर गरेको समाचार लिंक एक भारतीय पत्रिकाको हो । उक्त समाचारको शिर्षक छ ‘ नेपाली सुपरस्टार अनमोल केसी की बलिवुड मै इन्ट्री ‘ ।

वर्ल्ड वाइड रेकर्ड्स नामक भारतीय म्युजिक कम्पनीले निर्माण गर्न लागेको चलचित्रमा अनमोल के,सीले अभिनय गर्ने भएका हुन् । यस चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा डबिंग गर्ने बताइएको छ ।

Comments

comments