काठमाडौँ । न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।

डा देवकोटालाई शुक्रबार राति भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जानकारी दिएको छ ।

उनको स्वास्थ्यमा केही सुधार आएको छ । तर देवकोटाको स्वास्थ्य अवस्था एकदमै गम्भिर रहेको चिकित्सकहरुले बताएका छन्। पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ।

डा देवकोटाका बारेमा बाहिर आएका कुरा भने सबै हल्ला रहेको र उनको उपचार भइरहेको सिइओ वसन्त देवकोटाले देश सञ्चारलाई जानकारी दिएका छन् । डा उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए । तर त्यहाँ उपचार सम्भाव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् । त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको छ ।

Comments

comments