एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजनाबारे खुलासा भएको छ ।

भीमा कोरेगाँव हिंसा घटनामा केही दिनअघि भएको पाँचवटा पक्राउपछि प्रधानमन्त्री मोदीको हत्याकाण्डको षड्यन्त्र गरेको खुलासा भएको हो ।

नक्सलीहरूले भारतमा राजीव गान्धीलाई जस्तै गरी प्रधानमन्त्री मोदीको पनि हत्या गर्ने षड्यन्त्र भइरहेको एक नयाँ चिट्ठीले सार्वजनिक गरेको छ ।

गत अप्रिल १८ मा रोणा ज्याकबले कमरेड प्रकाशलाई लेखेको चिट्ठीमा हिन्दू फासिवादलाई हराउन आवश्यक रहेको लेखिएको छ । मोदीको नेतृत्वमा हिन्दू फासिवाद तीव्रताका साथ बढिरहेको र त्यसलाई रोक्नैपर्ने उनले लेखे ।

मोदीको नेतृत्वमा भारतीय जनता पार्टीले बंगालबाहेक सबै महत्त्वपूर्ण राज्यमा सत्तामा छ । यस्तो भइरहेमा माओवादी पार्टीलाई खतरा हुने त्यसैले राजीव गान्धी जस्तो घटना हुनुपर्ने पनि चिट्ठीमा लेखिएको छ ।

आत्मघाती आक्रमण गर्ने अवसर आफूहरूसँग रहेको लेखिएको छ । मोदीको रोड शोलाई टार्गेट बनाउनु राम्रो योजना हुने पनि लेखिएको छ ।

Comments

comments