काठमाडौं । फास्ट फुड खान मन पराउनेहरुका लागि चिकेन चाउमिन स्वादिष्ट परिकार हो । तर, अत्यधिक र अस्वस्थ तेल तथा अन्य सामग्रीको प्रयोगले जस्तोसुकै ठाउँमा पनि खाँदा यसले बिमार निम्त्याउन सक्छ । त्यसैले यसलाई स्वस्थ र सफा तरिकाले घरमा नै बनाउन सकिन्छ ।

आवश्यक सामग्री:

नुडल्स, कुखुराको मासु, बन्दा, क्याप्सिकम, गाँजर

अदुवा, लसुन, प्याज, खुर्सानी

नुन, बेसार, खुर्सानीको धुलो, मसला, सोया सस, गरिन चिल्ली सस

 

विधी :

कुखुराको मासुमा गरम मसला, नुन, अलिकती मैदा, सोया सस राखेर राम्रोसंग मोल्ने र छोप्ने ।

पानी उमाल्ने र ४ मिनेट नुडल्स पकाउने ।

नुडल्सलाई चिसो बनाउने ।

तेल राखेर सबैतिर लाग्ने गरि चलाउने ।

अलिकति तेल तताएर त्यसमा प्याज, खुर्सानी, अदुवा, लसुन राखेर चलाउने ।

त्यसमा अघि मोलेको कुखुराको मासु राखेर पकाउने ।

त्यसमाथी गाँजर, क्यासिकम, बन्दा, सोयासस, मसला राखेर चलाउने ।

अब त्यसमा नुडल्स राखें र मिक्स गर्ने ।

Comments

comments