ब्लाकटाउन। अष्टेलियामा नेपालबाट टुरिस्ट भिसामा आउनुभएका बुबाहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर हुनेभएको छ । सिडवेस्ट मल्टिकल्चरल सर्भिसेज द्वारा संचालित मेन’स हेल्थ विक अन्तर्गत ब्लाकटाउन नेपलिज कम्युनिटीको सहकार्यमा स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो ।

यस काय्रक्रमको उद्देश्यलाई प्रष्ट पार्दै ब्लाकटाउन नेपलिज कम्युनिटीका अध्यक्ष कृष्ण निरौला भन्नुहुन्छ ,’ नेपालको कला संस्कृतिको प्रबर्द्धन तथा सम्बर्द्धन गर्दै नेपाली समुदायलाई एकतामा बाँध्ने र समुदायमा आवश्यक सेवा-सहयोग दिनको लागि सक्दो प्रयास गर्ने उद्देश्यले ब्लाकटाउन नेपलिज कम्युनिटी स्थापना गरिएको हो । संस्थाको सोही उद्देश्य अनुरुप, समुदायका जेष्ठ नागरिक प्रतिको कर्तव्य पूरा गर्न साथै नेपालबाट पाल्नुभएका बुवाहरुलाई स्वास्थ्य सेवा मार्फत समुदायको तर्फबाट सम्मान तथा माया प्रकट गर्नको लागि स्वास्थ्य शिविरको आयोजना गरीएको हो ‘।

उक्त स्वास्थ्य शिविर अन्तर्गतको उक्त कार्यक्रममा पुरुषहरुलाई मात्र सेवा दिइनेछ । शिविर संचालन आगामी १४ जुनमा दिउँसो १ बजे देखि ४ बजेसम हुनेछ । Level 2, 125 Main St Blacktown मा हुने उक्त स्वास्थ्य शिविरको बारेमा थप जानकारी लिनको लागि ०४३३ २१४ ०५३ मा सम्पर्क गर्न सकिनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments