काठमाडौ । विश्वकप फुटबलअघिको अन्तिम अभ्यास खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

विश्वकपको पूर्व तयारी स्वरुप बिहीबार राति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई २–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको हो ।

ह्यारी केनको कप्तानीमा रहेको टिमका लागि १३ औँ मनिेटमा मार्कस रासफोर्डले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।
इंग्ल्याण्डका लागि ७६ औँ मिनेटमा ड्यानी वेलबेकले गोल गरेर २–० को जित दिलाए । यसअघिको खेलमा इंग्ल्याण्डले नाइजेरियालाई हराएको थियो । विश्वकप फुटबल अबको ६ दिनपछि रुसमा सुरु हुँदैछ ।

विश्वकपका लागि इंग्ल्याण्ड समूह जी मा छ । समूह जीमा पानामा, ट्युनिसिया र बेल्जियम छन् । यस्तै कोस्टारिका रहेको समूह इ मा ब्राजिल, स्वीट्जरल्याण्ड र सर्बिया छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments