काठमाडौं । केही समयअघि रिलिज भएको फिल्म जोनी जेन्टलमेनको जबजब तिम्रो साथ मिल्दै मिल्दै गयोका संगीतकार अर्जुन पोखरेल र गायिका अञ्जु पन्त अनि गायक सुरेश लामाको सहकार्यमा नयाँ गीत रिलिज भएको छ ।

तीनैजनाको सहकार्य रहेको फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत विहीवार सार्वजनिक गरिएको हो । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको ’तिम्रो मायामा’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी फिचरिङ छन् । रोमान्टिक शैलीको प्रेमिल गीतको छायांकन रारा तालसँगै थाइल्याण्डको समुन्द्र आसपास गरिएको छ । यस गीतलाई अम्बिका शर्माले रचेका हुन् ।

निर्देशक ऋषिराज आचार्य निर्देशित प्रेमकथानक फिल्म ‘ड्रिम गर्ल’ मा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धिताल छन । यस फिल्मको सह निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।

Comments

comments