काठमाडौं । म्याच फिक्सिङका आरोपित पुर्बपाँच राष्ट्रिय फुटबल खेलाडीलाई बिशेष अदालतले सफाई दिएको छ ।

विशेष अदालतले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित अन्जन केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्रीलाई राज्यविरुद्धको अपराधको मुद्दामा सफाइ दिएको हो । राष्ट्रिय टोलीबाट खेल्दा बिभिन्न अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले २०७२ कात्तिकमा पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा मद्दा दायर गरेको थियो ।

लामो समयदेखी बिधाराधीन मुद्धामा सुनुवाई गर्दै अदालतले सफाईको फैसला गरेको हो । नेपालमा म्याच फिक्सिङका विषयमा कानुन नभएका कारण उनीहरुबिरुद्ध प्रहरीले राज्यविरुद्धको अपराध मुद्दा दायर गरेको थियो । सफाई पाएपनि ५ जना खेलाडीलाई एएफसी र फिफाले आजीवन खेलमा प्रतिबन्ध लगाइसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments