काठमाडौं । कुनै विशेष खुशीमा या खाना खाइसकेपछि विशेष किसिमका मिठाइहरु खाने चलन छ ।  ती मिठाइहरु मध्ये दुधबाट बनेको रसबरी धेरैजसोको रोजाइमा पर्ने गर्छ । बजारमा रसबरी किन्दा, बासी र अस्वस्थ पनि हुने हुँदा, घरमै बनाएर ताजा, मीठो र स्वस्थ रसबरी खान सकिन्छ ।

 

भाँडामा दुध तताउने । तताएको दुधमा कागतीको रस राखेर दुध फटाउने ।

फाटेको दुधलाई जालीमा कपडा राखेर छान्ने । अब त्यसलाई चिसो पानीले पखाल्ने ।

पखालेपछी त्यही कपडामा पोको पारेर हल्का निचोर्ने । निचारिसकेपछी केही छिन झुन्डाउने । केही छिनपछि निकाल्ने र मुछ्ने ।

मुछेर पीठोको डल्लो जस्तै बनाउने । चिरा नपर्ने गरि साना-साना डल्ला बनाउने ।

एउटा भाँडामा चिनी पानी पकाउने । त्यो चिनी पानीमा अब ती साना-साना डल्ला राख्ने ।

चिनी पानीबाट निकालिसकेपछि ५/६ घण्टा जति फ्रिजमा राख्ने ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

Comments

comments