बर्दिया । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले २ करोड ८० लाख नागरिकलाई जलविद्युतमा शेयर लगानी गरि फाईदा लिन सक्ने बनाउन सरकारले योजना बनाईरहेको बताउनु भएको छ ।

पश्चिम नेपालमा रहेका सिंचाई तथा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने क्रममा बर्दिया पुग्नु भएका मन्त्री पुनले उर्जा माफर्त रोजगार सृजना गरिने बताउनुभयो । बहुप्रतिक्षित राष्ट्रिय गौरवको भेरी बबई डाइभरसनमा छोटो समयमा उल्लेखनिय काम भएको भन्दै प्रशंसा गर्नु भएका उँहाले महंगोमा विद्युत खरिद गर्न नसक्ने अस्पताल,विद्यालय वा अन्य सामुदायिक संस्थालाई सरकारले अनुदानमा सोलार पाता दिईरहेको बताउनुभयो ।

पश्चिममा सिंचाई सुविधाका लागी विभिन्न क्षेत्रमा काम भई रहे पनि नदि तथा बाढी व्यवस्थापनमा बर्दियामा धेरै काम गर्न बाकी रहेको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments