काठमाडौं । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले लक्ष्य अनुसार बजेट ल्याएको स्पष्ट पार्नु भएको छ ।

पूर्व अर्थमन्त्री कोइरालाले कांग्रेसप्रति संकेत गर्दै विपक्ष दलहरुले सरकारले ल्याएको बजेटबारे तल्लो स्तरमा झरेर टिप्पणी गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, ५ लाख रोजगारीको अवसर सृजना गर्नेलगायतका बजेटको लक्ष्यलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा पनि राख्नु भयो ।

बुधबार काठमाडौंमा आयोजित बजेटसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री कोइरालाले विगतकै अर्थनीतिलाई निरन्तरता दिएर सरकारले बजेट ल्याउनु सबैभन्दा सकारात्मक पक्ष भएको पनि स्मरण गराउनु भयो । उहाँले भारत र चीन जोड्ने गरी पूर्व–पश्चिम राजमार्ग जोड्ने लगायतका भिजन बजेटमा आएको भन्दै खुसी समेत व्यक्त गर्नु भयो ।

पूर्व अर्थमन्त्री कोइरालाले बजेटले विदेशी लगानीलाई प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments