काठमाडौं । १० अर्ब रुपैयाँ ठगीको आरोपमा जेल परेका सुधिर बस्नेत हिजो सोमबार जेलमुक्त भएका छन् ।

डिल्लीबजार सदरखोरमा रहेका बस्नेत जेल सजाय काटेपछि जरिवाना तिरेर छुटेका हुन् । उनी १३ पुस २०७३ मा पक्राउ परेका थिए ।

ओरेन्टल सहकारीलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेतलाई सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएको थिए । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौं र भक्तपुरले उनीमाथि दुई दुई वर्ष जेल सजाय सुनाएको थियो ।

यसैगरी, काठमाडौं जिल्ला अदालतले उनीमाथि ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो । भक्तपुरले ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments