काठमाडौं । नेपाल ट्रस्टको कार्यालयको नाममा रहेको घर जग्गा खाली गराउन सरकारले काटेको पत्र बुझ्न पूर्वअधिराजकुमारी प्रेरणालक्ष्मी सिंहले अस्वीकार गर्नुभएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकारले घर जग्गा खाली गराउन पत्राचार गरे पनि सिंहले पत्र बुझ्न अस्वीकार गर्नुभएको हो।

नेपाल ट्रस्टको कार्यालयका कर्मचारी र हुलाक मार्फत पत्र पठाइए पनि उहाँले पत्र बुझ्न अस्वीकार गरेपछि सरकारले घरको गेटमा सूचना टाँसेर उक्त घर जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। अाजकाे नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

नेपाल ट्रस्टको कार्यालयले गत वैशाख २३ गते घर जग्गा खाली गरिदिने बारेको व्यहोरासहितको पत्र काटेको थियो। नेपाल ट्रस्टको कार्यालयका कर्मचारीले पूर्वअधिराजकुमारी सिंहलाई पत्र बुझाउन पटक–पटक छाउनीस्थित निवासमा पुगे पनि पत्र बुझ्न अस्वीकार गर्नुभएको थियो।

नेपाल ट्रस्टको कार्यालयका कर्मचारी र हुलाक मार्फत पत्र पठाइए पनि उहाँले पत्र बुझ्न अस्वीकार गरेपछि सरकारले घरको गेटमा सूचना टाँसेर उक्त घर जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

कर्मचारीले घरमा नै पुगेर पत्र बुझाउन कोशिस गरे पनि घरको गेटमा रहेको सुरक्षा गार्डले भित्र प्रवेश गर्न नदिएपछि ट्रस्टको कार्यालयले हुलाक मार्फत रजिस्टार गरेर पत्र पठाएको थियो।

ट्रस्टको कार्यालयले इन्क्वाइरी शाखा मार्फत पूर्वअधिराजकुमारी सिंह बस्दै आएको छाउनीस्थित घरको टेलिफोन नम्बर पत्ता लगाउन खोजे पनि उहाँको नाममा टेलिफोन नरहेको जवाफ दिएको थियो।

प्रेरणाको घरको टेलिफोन नम्बर र घर नम्बर पत्ता लाग्न नसकेपछि घरको गेटमा नै ३५ दिने सूचना टास्ने गृहकार्य ट्रस्टको कार्यालयले गरेको छ।

सर्वोच्चको अन्तिम फैसलाबमोजिम टस्टको नाममा रहेको १५ रोपनी घर जग्गा ल्याउने प्रक्रियाअन्र्तगत गत २०७५ वैशाख २३ गते घरजग्गा खालि गर्न ट्रस्टको कार्यालयले पत्रचार गरेको थियो। टस्टले पत्र प्राप्त भएको ३५ दिनभित्र हाल बस्दै आएको घरजग्गा सम्पूर्ण रूपमा खालि गराइदिन पत्राचार गरेको थियो। तर पूर्वअधिराजकुमारी सिंहले पत्र बुझ्नका लागि आलटाल र बहानबाजी गर्दै आएको बताइएको छ।

ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खालि गराइदिन काटिएको पत्रमा भनिएको छ– ‘नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मागस्थित नक्सा नं. ११०३–१२, कित्ता नं. २५ क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्गमिटर (१५ रोपनी) को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनुभएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रस्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको उत्प्रेषणको मागदाबीसमेत पुनरावलोकन हुँदा मागदाबी नपुगी ट्रस्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसलाअनुसार यो पत्र प्रेषित गरिएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments