काठमाडौं । स्वास्थ्यका लागि कागतीपानी फाइदाजनक मानिन्छ । मोटोपन घटाउने देखि विभिन्न रोगको उपचारको लागि पनि कागती पानि सहयोगी हुन्छ । तर सबै व्यक्तिको लागि कागती पानी उपयुक्त नहुन सक्छ ।

कागती पानीमा एसिड बढी हुन्छ, जसले गर्दा कागती पानीले शरीरमा एसिडको मात्रा बढाइदिन्छ । त्यसैले मुटु रोगका बिरामीहरुले कागतीपानी पिउनुहुँदैन ।

अल्सर हुनु भनेको पेटमा घाउ अथवा जलन हुनु हो । कागतीपानीमा हुने अमिलोपनले त्यो घाउ अथवा जलनलाई बढाइदिन्छ । त्यसैले अल्सरका बिरामीले कागती पानी पिउनु हुँदैन ।

दांतको बिमार भएका व्यक्तिहरुले कागती पानी पिउनु हुँदैन । कागती पानीले दांतको इनामेल नष्ट गरिदिने हुँदा दांत टुक्रिन्छ र अरु समस्या पनि देखा पर्न सक्छन् ।

पिसाब सम्बन्धि समस्या भएका व्यक्तिले पनि कागती पानी पिउनु हानिकारक हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments